arrow

चाँदीको भाउ बढ्दा घट्यो सुनको 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
gold-silver-final.jpg

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजाररुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी बिहीबार पनि चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। 

बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ