arrow

ओरालो यात्रामा शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार ओरालो लागेको छ । लगातार तीन दिनदेखि बढेको शेयर बजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ । 

बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।६६ अङ्कले घटेर ३५९.४८ विन्दुमा पुगेको छ।

यसअघि बुधबारको कारोबारमा शेयर बजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा पुगेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कूल २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ९५ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सूचकमा ४९ कम्पनीमा वृद्धि भएको छ । १५७ कम्पनीमा ओरालो लागेको र ९ कम्पनी स्थिर रहेको छ । 

कारोबारको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दा बढीको कारोबार गरेको छ । हिमालय डिस्टिलरी दोस्रो स्थानमा छ । उक्त कम्पनीको ३ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । 

सोमबार १३ उपसूचकहरू मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड कम्पनीमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ । 

आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ