arrow

मन्त्रिपरिषद् विस्तार शुक्रबार, शपथ दिउँसो ३ बजे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । बिहीबार मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले शुक्रबार दिउँसो ३ बजेभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा ३ बजेका लागि शपथको समय मागिसकेका छन् । 

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तयका लागि राष्ट्रपति कार्यालयमा समय व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

 ‘सपथका लागि भोलि ३ बजेलाई समय मिलाइएको छ’, मल्लले भने । स्रोतका अनुसार रक्षामा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, गृहमा नारायणकाजी श्रेष्ठले सपथ लिनेछन् । 

भौतिकमा समाजवादीका नेताले सपथ लिनेछन् भने स्वास्थ्यमा कांग्रेसका नेताले सपथ लिनेछन् । त्यसैगरी जनमत पार्टीको पनि मन्त्रालय परिवर्तन हुने भएको पनि स्रोतले जनाएको छ ।

बिहीबार बिहान बसेको बैठकले मन्त्रालयको टुंगो लगाएको थियो । दलीय भागबण्डाअनुसार मन्त्री बन्नेहरुको नाम करिब करिब प्रचण्डले पाइसकेका छन् । 

प्रचण्डले गत चैत ६ गते विश्वासको मत लिएका भए पनि अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता भने दिन सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ