arrow

म्याक्रोँसँगै ईयूका नेताहरू चीन जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
mcro-bhen.JPG

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँसँग अर्को साता बेइजिङ जाने कार्यक्रम तय भएको छ । ईयूका नेताहरूले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दैछन् । 

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले युक्रेनमा रूसको युद्धबारे आफ्नो अडानले चीन र ईयूबीचको सम्बन्ध निर्धारण गर्ने बताएकी छन् । यद्यपि, उनले युरोपले चीनबाट ‘अलग्गिन’ नचाहेको पनि बिहीबार बताएकी छन् ।

गत साता मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ऐक्यबद्धता जनाएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको अर्को भ्रमण हुन लागेको हो ।

“युक्रेनमाथिको नृशंस र गैरकानुनी आक्रमणबाट टाढिनु त परै जाओस्, राष्ट्रपति सीले पुटिनको रूससँग आफ्नो ‘नो लिमिट फ्रेन्डसिप’ कायम राख्नुभएको छ,” भोन डेर लेयेनले एक प्रमुख नीतिगत सम्बोधनमा भनिन् । 

चीनले आफूलाई तटस्थ मध्यस्थकर्ताको रूपमा स्थापित गर्ने प्रयास गरेको छ र युद्ध अन्त्य गर्न मद्दत गर्ने योजनाको रूपमा वर्णन गरेको छ । 

उसले मस्कोको युद्धको निन्दा गर्न अस्वीकार गरेको छ र रूसलाई हतियार पठाउने कुनै पनि सम्भावित कदमविरुद्ध पश्चिमा देशहरूले चेतावनी दिइरहेका छन् । 

कुनै पनि ‘व्यवहारिक’ शान्ति योजना युक्रेनको शर्तमा हुनुपर्ने र आफूले कब्जा गरेको भूभागमा क्रेमलिनको पकड बलियो बनाउन नहुने भोन डेर लेयेनले बताएकी छन् ।

उनले भनिन्, “यस विषयमा हामी स्पष्ट हुनुपर्छ । पुटिनको युद्धसँग चीनले कसरी अन्तरक्रिया जारी राख्छ भन्ने कुरा ईयू-चीन सम्बन्धका लागि निर्णायक कारक हुनेछ,” उनले भने । 

संयुक्त राज्य अमेरिकाले आफ्ना युरोपेली मित्रराष्ट्रहरूलाई चीनविरुद्ध कडा अडानमा सामेल हुन दबाब दिइरहेका बेला ईयूले बेइजिङप्रतिको आफ्नो दृष्टिकोणलाई परिभाषित गर्न खोजिरहेको छ ।

फ्रान्स र जर्मनी जस्ता युरोपका ठूला आर्थिक शक्तिहरू व्यापारिक सम्बन्ध नतोड्न इच्छुक छन्, जबकि चीनका कडा आलोचक पूर्वी सदस्यहरू यसको विपक्षमा उभिएको देख्न सकिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ