arrow

काठमाडौंमा छिटफुट वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
climate.jpg

काठमाडौं । आज काठमाडौंमा छिटफुट वर्षाको सम्भावना छ ।काठमाडौंमा मौसम आंशिकदेखि सामान्य बदली रही छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाड‌ौंको न्यूनतम तापक्रम आज डिग्री ११ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ