arrow

दोषी ठहरिएपछि ट्रम्पले दिए बाइडेनलाई धम्की

आत्मसमर्पणको पहल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
trump-biden2.jpg

काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि फौजदारी अभियोग लागेको छ । अमेरिकाको म्यानहट्टनस्थित ग्रान्ड जुरीले बिहीबार ट्रम्पबिरुद्ध ठूलो फैसला सुनाएको छ । 

२०१६ को चुनावी अभियानमा चुपचाप बस्नको लागि पूर्व पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई रकम भुक्तानी गरेकोमा ट्रम्पलाई दोषी ठहर गरिएको छ । 

सन्दिग्ध सम्बन्धका विषयमा मौन रहनका लागि ड्यान्यल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिइएको विषयमा अनुसन्धान गरेपछि ग्र्याण्ड जुरीले उनलाई मुद्दा चलाउन मिल्नेगरी मतदान गरेको थियो।

ट्रम्प आपराधिक अभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । अमेरिकाको इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक रूपमा मुद्दा चलाइने यो नै पहिलो पटक हुनेछ।

अभियोगपछि ट्रम्पको बयान पनि आएको छ । उनले आफू राजनीतिक उत्पीडनको शिकार भएको र इतिहासकै उच्च तहमा चुनावी हस्तक्षेपको प्रयास भएको बताएका छन् ।

ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई पनि धम्की दिएका छन् । ट्रम्पले बाइडेनलाई  यो 'विच हन्ट' बोक्सीको शिकार भारी हुने बताएका छन् ।

ट्रम्पको आत्मसमर्पणका लागि पहल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ