arrow

मोदीको हातमा ओस्कर अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
pm-modi-trophy.jpg

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले 'द एलिफन्ट व्हिस्पर्स' सँग सम्बन्धित टोलीसँग भेट गरेका छन् । प्रधानमन्त्री मोदीले बिहीबार कार्तिकी गोन्साल्विस र गुनीत मोंगालाई भेटेर ओस्कर अवार्डको ट्रफीसहित तस्बिर खिचेका छन्।

९५ औँ एकेडेमी अवार्डमा  ‘द एलिफन्ट व्हिस्पर्स’ले ओस्कर पाएको थियो ।  कार्तिक गोन्साल्विसद्वारा निर्देशित र गुनीत मोंगा द्वारा निर्मित, एलिफन्ट व्हिस्पर्स तमिलनाडुको जङ्गलमा बस्ने एक मानव र बच्चा हात्तीको कथा हो । जहाँ तिनीहरूको भावनात्मक बन्धन छ। वृत्तचित्र छोटो विधामा भारतको यो पहिलो जित हो।

प्रधानमन्त्री मोदीले  यसको चमकले विश्वभरका मानिसहरूको ध्यान तानेको बताएका छन् ।तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै प्रधानमन्त्री मोदीले प्रशंसा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ