arrow

तोलामा हजारले बढ्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
gold-silver-final.jpg

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार बढेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ