arrow

टाटा कमर्सियल गाडीका लागि सिप्रदीको सर्भिस बागलुङबाट पनि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
tata-sevice-baglung.jpg

बागलुङ । सम्पूर्ण टाटा कमर्सियल गाडीहरुलाई सर्वसुलभ तथा उच्चकोटीको सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्धेश्यले सिप्रदी ट्रेडिङ प्रालीले बागलुङमा आफ्नो २६ औं शाखा संचालनमा ल्याएको छ । चैत १६ गते बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको सिप्रदीले जनाएको छ ।

उक्त अवसरमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त कम्पनीको प्रमुख व्यवसायिक लक्ष्य भनेको विकासशील आवश्यताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए । 

उनले ग्राहकको चाहना र आवश्यकतालाई पहिलो प्राथमिकता दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्युइन पार्ट्स तथा ल्युब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको जानकारी दिए ।

त्यसैगरी टाटा प्रोटेक्ट अन्र्तगतको सेवा तथा सुविधाहरुको माध्यमबाट ग्राहकलाई छिटो सेवा प्रदान गरी गाडी संचालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिँदै आएको उनले बताए । 

कम्पनीले भनेको छ, ‘सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकलाई आवश्यक टाटा जेन्युइन पार्ट्स तथा ल्युब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन् । त्यसको साथै टाटा जेन्युइन पार्टसमा २२ प्रतिशतसम्म र जेन्युइन आयलमा २५ प्रतिशत सम्मको छुट सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।’ 

त्यस्तै टाटा प्रोटेक्ट अनगत ४ घण्टाभित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र मर्मत कार्यको ग्यारेन्टी प्रदान गर्नेछ । यदि नभएमा प्रति दिन रु १ हजार १०० का दरले क्षतिपूर्ति पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । 

त्यसैगरी एक्सिडेन्टल कार्यहरुको लागि नगदरहित बीमा दाबी सुविधाको साथमा ६० दिनभित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ । ग्राहकहरुको गाडी संचालन खर्चलाई न्यूनीकरण गर्नको लागि विविध खालको एएमसी सुविधाहरु पनि प्रदान गर्नेछ । अफरोड भएका गाडीहरुको लागि टाटा अर्लटअन्तर्गत ६ घण्टाभित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्ने कम्पनीले जनाएको छ ।

उक्त वर्कशपको शुभारम्भसँगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरी नेपालभर ५५ वटा सर्भिस सेन्टरहरुबाट टाटा कमर्सियल गाडीहरुको लागि आवश्यक सम्पूर्ण सेवा तथा सुविधा प्रदान गर्नेछ ।

सिप्रदीका प्रमुख संचालक अधिकृत राजेशप्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरी कार्यक्रमको समापन गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ