arrow

अयोध्याका ऋषिलाई इन्डियन आइडलको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
rishi-singh-indian-idol.jpg

काठमाडौं । इन्डियन आइडलको १३ औं संस्करणको उपाधि ऋषि सिंहले जितेका छन् । उनले आइतबार राति भएको फिनालेमा सोनाक्षी कर, शिवम सिंह, चिराग कोटवाल, बिदिप्ता चक्रवर्ती र देवोस्मिता रोयलाई पछि पार्दै उपाधि जितेका हुन् । 

ऋषि अयोध्याबाट आएका २१ वर्षे युवा हुन् । ग्रान्ड फिनालेमा देवोस्मिता उपविजेता भइन् । चिराग तेस्रो स्थानमा रहे । 

योसँगै ऋषिले २५ लाख भारुसहित ट्रफी र एउटा कार जितेका छन् । 

आठ महिनादेखि इन्डियन आइडल भारतको सोनी टेलिभिजनमा चलिरहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ