arrow

उपेन्द्रलाई जित्नबाट रोक्नुपर्ने बाबुरामको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
baburam-upendra.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लक्षित ट्विट गर्दै उनलाई रोक्नु पर्ने बताएका छन् । 

 उपनिर्वाचनका लागि मनोनयन प्रक्रिया शुरु हुनु केही समयअघि ट्विट गर्दै बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन खोजेका यादवलाई रोक्नु पर्ने आसयको ट्विट गरेका हुन । यद्यपि यादवको नाम भने उल्लेख गरेका छैनन् ।

‘चुनाव केही वर्ष महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले ट्विटमा भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै छ, रोकौँ।’

उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच एकीकरण गरी मित्रता अघि बढेको थियो । 

तर एकीकरणको प्रक्रिया अघि बढदै जाँदा जनता समाजवादी पार्टी नेपाल भएपछि आन्तरिक विवादका कारण यादवसँग भट्टराई अलग्गिनु परेको थियो । गत मंसिर ४ को निर्वाचनमा यादव पराजय भएपछि हाल उनी बारा–२ वाट उपनिर्वाचनमार्फत संघीय संसदमा आउन खोज्दैछन् ।

उनी उपनिर्वाचनपछि संसदमा आउन खोजेपछि भट्टराईले उनलाई रोक्नु पर्ने आसयको ट्विट गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ