arrow

उपेन्द्र यादवले गरे मनोनयन दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् । कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । 

सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् । गत मंसिरमा भएको निर्वाचनजमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका उनले अहिले बारा–२ मा उम्मेदवारी दिएका हुन् । 

बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।

बारा–२, चितवन–२ र तनहुँ–१ मा १० बैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । 

त्यसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ