arrow

पाँच बलिउड सेलिब्रेटी जसको कपालले गरायो कायापलट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
Amitabh-Bachchan-hair-loss-646x349.jpeg

काठमाडौ । ख्याल र तन्दुरुस्तता कायम राख्नु सधैँ मनोरञ्जन उद्योगको एक प्रमुख भाग भएको छ। बलिउडमा सुन्दरता सँगै तन्दरुस्त रहनु अपरिहार्य बनेको छ । यसै कुरालाई ध्यानमा राखेर केही बलिउड सेलिब्रेटीहरूले कपाल प्रत्यारोपण गरेका थिए । यस नाममा अमिताभ बच्चनदेखि सलमान खानसम्म  रहेका छन् । जसपछि उनीहरूको करियरमा कायापलट भएको पाइन्छ।

बलिउड महानायक भनिने अमिताभ बच्चनलाई कतिपयले पूजा पनि गर्ने गरेका छन् । ९० को दशक उनको करियरको लागि राम्रो समय थिएन। उनको कपाल झर्दै थियो । कपाल बिस्तारै पातलो हुँदै गइरहेको थियो। उनका अधिकांश चलचित्र फ्लप घोषित भएका थिए भने उनको कम्पनी लगभग समाप्त भइसकेको थियो । कपाल प्रत्यारोपणपछि कौन बनेगा करोडपति शोमा देखिए । शोले पासा पल्टाइदियो र उनलाई स्थापना गरिदियो । 

No description available.

बलिउडका टाइगर सलमान खानले पनि कपाल प्रत्यारोपण गरेका हुन् ।  सन् २००७ मा सलमान खानले कपाल प्रत्यारोपण गरेको अफवाहहरू द्रुत गतिमा फैलिएको थियो । उनले दुबईमा प्रत्यारोपण गरेको विश्वास गरिएको थियो । त्यसको केही बर्षपछि कपाल प्रत्यारोपण गरेको पुष्टि भयो । 

No description available.

अर्का अभिनेता अक्षय कुमारको कुरो पनि त्यस्तै छ । हाल ५४ वर्षका अक्षय ४० वर्षको हुँदा चारैतिर कपाल पातलो थियो । आफ्नो पन: पुरानै लुक्समा ल्याउन उनले कपाल प्रत्यारोपणको विकल्प रोजेका थिए ।

No description available.

कमेडियन कपिल शर्माले पनि कपाल प्रत्यारोपण गरेका छन् । प्रारम्भिक चरणबाटै आफ्नो करियरलाई बचाउन, उनले कपाल प्रत्यारोपण गराए थिए । आज उनी स्थापित कलाकार हुन् । 

No description available.

त्यस्तै बलिउड गायक तथा नायक हिमेश रेशमिया पनि एक हुन् । उनी प्राय शोहरुमा क्यापमा देखिन्थे । पछि क्याप नै उनको आइकोनिक चीज भयो। तर वास्तवमा त्यस्तो थिएन।  उनको कपाल पातलो भएको कारण क्याप लगाउँथे । चलचित्रको प्रस्ताव आएसँगै उनले कपाल प्रत्यारोपण गराए र नाटकीय बदलाव ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ