arrow

वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल समूहको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
umesh-team-nomation-fncci-senior-vc.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गरेको छ। मङ्गलवार उक्त समूहले महासङ्घ केन्द्रीय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो। सो समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन्।

आज भएको उम्मेदवारी दर्ता कार्यक्रममा वस्तुगततर्फबाट उपाध्यक्ष लगायत १४ जना कार्यसमिति सदस्य पदका उम्मेदवारहरूले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका थिए। यस्तै सो समूहका जिल्ला तथा नगर र एसोसिएट्सका पनि अधिकांश सदस्यहरूले आजै उम्मेदवारी दर्ता गराएका छन्।सो समूहका कतिपय एसोसिएट्स र जिल्ला नगरका सदस्यहरूले आइतबार र सोमबार मनोनयन दर्ता गराएका थिए।

उम्मेदवारी दर्तासँगै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो समूहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यावसायिक हकहितका विषयहरू उठान गरेकाले जित सुनिश्चित भएको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए। ‘हामी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रूपमा अघि बढेका छौँ,’ उनले भने, ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ। 

यस्तो अवस्थामा निजी क्षेत्रको क्याप्टेन सीप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्वि राष्ट्रिय सबै क्षेत्रका उद्योगी व्यवसायीले हाम्रो यस समूहलाई अत्याधित मत दिएर विजयी गराउनेमा विश्वस्त छु।’

अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको र जसका कारण अर्थतन्त्रमा समस्यामा परेको उनले जानकारी दिए। अहिले सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउने पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको भन्दै आफू निर्वाचित भए लगत्तै  व्यावसायिक हकहितका एजेण्ड बोकेर समाधानका लागि सरकारसँग छलफलमा बस्ने जानकारी दिए।

देशको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रको मनोबल उकास्न सरकारले नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए। साथै अहिलेको अवस्थामा उद्योगी व्यवसायीका कर्जालाई राष्ट्र बैङ्कले पुर्न तालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनुपर्ने उनको माग थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ