arrow

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठको उम्मेदवारी दर्ता

एसोसिएट्सका उपाध्यक्ष भरतराज आचार्यको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
anjan-team-nomination-fncci-senior-vc.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठ तथा उनको टिमले आज मङ्गलवार मनोनयन दर्ता गरेको छ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठ सहितको टिमले नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरूको सामूहिक उम्मेदवारी दर्ता गरेको हो।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन्।

एसोसिएट्सतर्फ अञ्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्, जसमा अञ्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरे। एसोसिएट्समा दुवैतर्फका बराबर सदस्यहरू राख्ने सहमति भएको छ।

यस्तै गरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरूले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासङ्घलाई नयाँ उचाइमा पुर्‍याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

“अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरू सुनिनुपर्दछ र यसको लागि महासङ्घलाई सबै तहका उद्योगी व्यवसायीहरूको पहुँचमा हुने गरी काम गर्नुपर्दछ,” श्रेष्ठले भने, “अहिलेको युवा जोस र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ।”

आफ्नो टिमले सह भावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासङ्घमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ