arrow

अप्ठेरोमा रविः तीन जनाको दाबी विरोध, एउटा उजुरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
rabi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध तीन वटा दाबी विरोध र एउटा उजुरी परेको छ ।

सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीन जना उम्मेदवारले रवि उम्मेदवार बन्न योग्य नरहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका हुन् ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले दाबी विरोधको सूचना दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोध गरेका हुन् । 

त्यस्तै, रविविरुद्ध उजुरी दिँदै आएका युवराज पौडेल सफलले उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका छन् । 

रविमाथि उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । बुधबार दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताएका छन् । 

यता सफलले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ बुधबार नै हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ