arrow

दिव्याको अर्थ खोजेका शाहरुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
divya-saharukh.JPG

काठमाडौं । आज भारतीय अभिनेत्री  दिव्या भारती बितेको ३० वर्ष पुगेको छ । यदि दिव्या आज यो संसारमा रहेको भए उनी ४९ वर्षकी हुने थिइन् । ३० वर्षअघि आजकै दिन उनको निधन भएको थियो । उनी कलिलै उमेरमा बलिउडमा चर्चित बनेकी थिइन् । 

आफ्नो तीन वर्षीय करियरमा उनले ऋषि कपुर, शाहरुख खान, गोविन्दा, सुनील शेट्टी जस्ता कलाकारहरूसँग हिट फिल्म दिइन्।  उनको मृत्यु १९ वर्षमा भयो । यसबीच उनले करिब २१ चलचित्रमा काम गरेका गरिन् । दिव्याको मृत्युलाई फिल्म उद्योगको सबैभन्दा स्तब्ध पार्ने घटना मानिन्छ। 

उनीसँग काम गरेका शाहरुख खानलाई यस घटनाले झस्काएको छ । शाहरुखले दिव्यासँग 'दिल आशना है' र 'दिवाना' मा काम गरेका थिए ।  उनीसँग थप फिल्म गर्न चाहन्थे । शाहरुख दिल्लीमा सुतिरहेको थिएँ । मानिसहरू ऐसी दीवानगी गीत बजाउँदै थिए ।  उनलाई आफू ठूलो स्टार बनेको लाग्यो । ठूलो स्टार कसरी बन्ने थाहा भने उनलाई थिएन । फिल्म निकै हिट भयो ।

बिहान उठेसँगै दिव्या नरहेको शाहरुखले थाहा पाए ।  उनी झ्यालबाट खसेकी थिइन् । शाहरुख भन्छन्- यो मेरो जीवनको सबैभन्दा ठूलो झटका मध्ये एक थियो। उनीसँग अर्को फिल्म गर्ने सोचमा थिए ।' 

मृत्युअघि दिव्याले शाहरुखलाई कलाकार मात्र नभई संस्था भएको बताएकी थिइन् । आज पनि शाहरुख त्यही कुराको अर्थ खोजिरहेका छन् । शाहरुख भन्छन् ,' उनले मलाई हेर्दै भनिन् तिमी कलाकार मात्र होइनौ संस्था हौ । मैले वाह भनेँ तर कुरा बुझ्न सकिन। म हतारमा गएर यसको अर्थ खोजेँ। त्यसपछि मैले महसुस गरेँ कि यो ठूलो कुरा थियो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ