arrow

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठको वाचापत्र

जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउन प्रतिबद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
fncci-anjan-team-candiates.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठ तथा उनको टिमले आज बुधवार औपचारिक रूपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचा पत्र सार्वजनिक गरेको छ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले अरण्य होटेल, हात्तिसारमा आयोजित घोषणा सभामार्फत आफ्नो टिमका साथमा वाचा पत्र सार्वजनिक गरेको हो। वाचा पत्र सार्वजनिक गर्दै जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको उनले बताए। घोषणा कार्यक्रम वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नुपर्ने बताए। नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए।

महासङ्घलाई नयाँ उचाइमा पुर्‍याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचा पत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे। आफ्नो टिमले सह भावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासङ्घमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे।

अञ्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहीअनुसार सहकार्य गरिएको बताए। यस्तै गरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरूले समेत आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ