arrow

सशस्त्रले मुलुकको भूमि एक इञ्च पनि तलमाथि नहुने गरी कार्य गर्दै आएको बाहिनीपति खड्काको भनाइ 

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ चैत २२ बुधबार
bop-anuguration-bidur-khadka.jpg

नेपालगञ्ज  । बाँकेको नरैनापुर गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को उद्घाटन गरिएको छ। गाउँपालिकास्थित वडा नं. ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरीको ‘बीओपी’ भवनको उद्घाटन गरिएको हो । 

आज दिउँसो एक समारोहका बीच नम्बर ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खड्का र नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाकअहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्  ।

कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको सबै जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनले मुलुकको भूमि एक इञ्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरीले संवेदनशील भई काम गर्ने बताए । 

कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले विपद्का वेला उद्धार, संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर, राष्ट्रिय अनुसन्धानका उप(निर्देशक मोहन कुँवर, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, सशस्त्रका डीएसपी दिपक चन्द, वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर ६ का अध्यक्ष प्रेमचन्द्र मौर्य, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ