arrow

चितवन २ बाट रविको उम्मेदवारी कायम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
ravi-candidacy-register.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारीविरुद्ध परेका तीन उजुरी खारेज गर्दै उम्मेदवारी कायम भएको जनाएको हो । 

लामिछानेको उम्मेदवारीविरुद्ध मंगलबार ४ वटा उजुरी परेका थिए । सोमध्ये तीनवटा खारेज गरिएको छ भने युवराज पौडेल (सफल) ले दिएको उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण माग गरेको छ । 

स्पष्टीकरणको जवाफ आएपछि निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

यता सर्वोच्च अदालतले रविविरुद्ध मुद्दा चलाउनु नपर्ने कारणबारे महान्यायाधीवक्ताको कार्यालयसँग कारण देखाउ आदेश जारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ