arrow

यी निर्देशक श्रीदेवीलाई हेर्न पर्खेर बसे कयौँ दिन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
shreedevi.png

काठमाडौं ।  रामगोपाल वर्मा भारतीय फिल्म उद्योगका उत्कृष्ट निर्माता-निर्देशक हुन्। आरजीभीले 'सत्य', 'रङ्गिला', 'सरकार' र 'कम्पनी' जस्ता धेरै सुपर हिट फिल्महरू बनाएका छन्। उनले हिन्दी, तेलुगु लगायत अन्य भाषामा पनि चलचित्र निर्माण गर्दै आएका छन् । 

रामगोपालले सिभिल इन्जिनियरिङ पढेका छन् तर सुरुदेखि नै उनलाई किताबभन्दा मान्छे पढ्न मन पर्थ्यो। राम गोपालले तेलुगु फिल्म ‘शिवा’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । यसपछि उनले पहिलो हिन्दी फिल्म ‘रङ्गिला’ बनाए जुन निकै हिट साबित भयो । यस फिल्मका लागि आमिर खान र उर्मिला मातोन्डकर फिल्म फेयरका लागि मनोनीत भएका थिए ।

रामगोपालले वास्तविक पहिचान सन् १९९८ मा आएको फिल्म ‘सत्या’बाट पाएका थिए । यस फिल्ममा मनोज बाजपेयी र सौरभ शुक्ला जस्ता कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । रामगोपाल वर्मा आफ्नो फिल्मका अलावा आफ्नो व्यक्तिगत जीवन र बयानका कारण पनि निकै चर्चामा छन् । रामु आफूलाई श्रीदेवीको ठूलो फ्यान मान्छन् । 

रामगोपाल वर्माले श्रीदेवी यो संसारबाट नभई अरू कुनै संसारबाट आएकी हुन् भन्ने लाग्थ्यो । यसपछि जब रामगोपाल वर्माले आफ्नो पहिलो फिल्म ‘शिवा’ बनाए तब उनी चेन्नईमा नागार्जुनको अफिसबाट निस्किएपछि श्रीदेवीको घर नजिकै उभिने गर्थे ।
 
रामगोपाल वर्माले अन्तर्वार्तामा भनेका थिए, ‘मानिसले बनाएको यो घरमा श्रीदेवीजस्ता देवी कसरी बस्छिन् भन्ने मलाई लाग्थ्यो । म घरबाहिर उभिन्थेँ, कुनै दिन उनलाई भेट्ने आशामा, तर दुर्भाग्य एक दिन पनि उनलाई देख्न सकिनँ ।'

रामगोपाल वर्माले अगाडि भनेका थिए, ‘जब ‘शिवा’ रिलिज भयो, निर्माताले सोधे, श्रीदेवीसँग फिल्म बनाउने ? त्यसमा मैले उनलाई देखेपछि मात्रै मर्छु भनेँ । त्यसपछि म उनलाई भेट्न घर बाहिर गएँ जहाँ म उनको एक झलक पाउनको लागि पर्खिरहेको थिएँ। लामो समयको प्रतीक्षापछि श्रीदेवीसँग भेट भयो । उनीसँग कुरा गर्दा मैले आफूलाई अर्कै संसारमा भएको महसुस गरेँ।'

चर्चित निर्देशक रामगोपाल वर्माले  ७ अप्रिलमा आफ्नो ६१ औँ जन्मदिन मनाउँदैछन् । राम गोपाल वर्माको जन्म ७ अप्रिल १९६२ मा हैदराबादमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ