arrow

गठबन्धन पाँच वर्ष नै टिक्नेमा नेपाल आशावादी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
madhav-nepal-always-2079-12-04.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने आशा गरेका छन् । बिहीबार एक कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्नेमा आफू आशावादी रहेको बताएका छन् ।

संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्नका लागि सत्ता गठबन्धन गरिएको बताए । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मको प्राप्त उपलब्धिलाई समाप्त गर्नका लागि दुईपल्ट सदन विघटन गरेर मुलुकमा एकतन्त्रीय शासन व्यवस्था लाद्न खोजेको आरोप लगाए । 

किसान अर्थतन्त्रको आधारशिला भएको भन्दै अध्यक्ष नेपालले किसानको खेतीमा सहजरूपमा सिँचाइ पुर्‍याउन मेचीदेखि महाकालीसम्म नहरको निर्माण गर्न सरकार लागि परेको जानकारी दिए । सिँचाइको अभावमा देशभर जग्गा धेरै नै बाँझो हुने भन्दै उनले नहर निर्माणले किसानको सो समस्या समाधान हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ