arrow

धर्मेन्द्रले तोडेका थिए जितेन्द्रको विवाह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
jeetendra_sridevi.jpg

काठमाडौं । बलिउडका दिग्गज अभिनेता जितेन्द्र आज ८१ वर्ष पुगेका छन् । उनको जन्म ७ अप्रिल १९४२ मा भएको थियो । चलचित्रमा आउनुभन्दा पहिले जितेन्द्रलाई रवि कपुरको नामबाट चिनिन्थे । उनलाई यो नाम वी शान्तारामले दिएका हुन् ।

कुनै समय हेमा मालिनीसँग विवाह गर्न चाहने बलिउडका जम्पिङ जेक भनिने जितेन्द्रले आफ्नो अभिनय र डान्सिङ स्टाइलबाट लाखौँ दर्शकको मन जिते ।

हेमा मालिनीलाई धर्मेन्द्र बाहेक जितेन्द्र र सञ्जीव कुमार पनि मन पाउँथे साथै विवाह गर्न चाहन्थे।  सो समय जितेन्द्र र हेमा मालिनीले विवाह गर्ने निर्णय लिएको र उनीहरू चेन्नई पुगेको खबरहरू फैलिएका थिए । 

जितेन्द्रको वर्तमान पत्नी शोभासँग पनि रोमान्स चलिरहेको थियो । यो थाहा पाएसँगै धर्मेन्द्रले शोभालाई लिएर मद्रास पुगेका थिए । 

त्यहाँ जितेन्द्र र हेमा मालिनी अघि शोभाले हङ्गामा मच्चाइन् जस कारण जितेन्द्र र हेमाको विवाह हुन सकेन । पछि धर्मेन्द्रले हेमामालिनीसँग विवाह गरे ।

जितेन्द्र र शोभाका दुई सन्तान छन् । तिनीहरूमध्ये जेठी छोरी एकता कपूरले बालाजी टेलिफिल्म्स चलाउँछिन् ।  उनका छोरा तुषार कपूर पनि अभिनेता हुन्। 

जितेन्द्र २००३ मा आफ्नी छोरीले निर्माण गरेको फिल्म 'कुछ तो है' छोरा तुषारसँगै देखिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ