arrow

पहाडी भू-भागमा आंशिक बदली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
climate.jpg

काठमाडौं । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली हुने छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ । 

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

यसैगरी राति कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । 

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ