arrow

अमिषा पटेलविरुद्ध वारेन्ट जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
amisha.jpg

काठमाडौं । बलिउड अभिनेत्री अमिषा पटेल ठूलो समस्यामा परेकी छिन् । अमिषाविरुद्ध वारेन्ट जारी भएको छ ।  राँचीको एक अदालतले अमिषाविरुद्ध वारेन्ट जारी गरेको हो ।  चेक बाउन्स र ठगीसँग सम्बन्धित मुद्दालाई लिएर अभिनेत्रीमाथि वारेन्ट जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अदालतले बिहीबार अभिनेत्री र उनका व्यापार साझेदार कृणालविरुद्ध धोखाधडी र चेक बाउन्स मुद्दामा वारेन्ट जारी गरेको छ। अमिषाको १५ अप्रिलमा अर्को मुद्दाको मिति तय भएको छ  ।

राँची निवासी अजय कुमारले अमिषा र उनका एक व्यापारिक साझेदारविरुद्ध मुद्दा दायर गरेका थिए। उजुरीका अनुसार अजयले अमिषाको निर्देशनमा फिल्म देसी म्याजिकका लागि अभिनेत्रीको खातामा अढाई करोड भारतीय रुपैयाँ ट्रान्सफर गरेका थिए । 

फिल्म २०१३ मा सुरु हुने भनिएको थियो तर अहिलेसम्म बन्न सकेको छैन । धेरै पटक भनेपछि अजयलाई अमिषाबाट २ चेक दिएकी थिइन् । अमिषाले अजयलाई दिएको अढाई करोडको चेक बाउन्स भएको थियो । त्यसपछि अजय अमिषाविरुद्ध अदालत पुगेर मुद्दा दर्ता गराएका थिए । 

लामो समयदेखि चलचित्र जगतबाट टाढा रहेकी अमिषा आगामी फिल्म गदर २ बाट फर्कँदै छिन् । यसअघि उनीविरुद्ध वारेन्ट जारी भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ