arrow

गगनले प्रचण्डलाई चुनौती दिँदै भने –डन्ट टेक अस फर ग्रान्टेड  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
gagan-kumar-thapa-parliemant-agressive.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुस्त टिम बनाउन सुझाव दिएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा नतिजा दिने गरी काम गर्न प्रधानमन्त्रीलाई चुस्त टिम बनाउन सुझाव दिएका हुन् । 

उनले भने, ‘प्रधामन्त्रीले यो बेलामा चुस्त टिम बनाउनुपर्छ । गठबन्धनको नेता भएर बस्ने समय छोट्याउनुस् । एक महिनामा एक–दुई दिन बसे हुन्छ । आफ्नो दलको अध्यक्ष बन्ने कुरा केही दिन बिर्सिए पनि हुन्छ । प्रधानमन्त्रीले प्रधानमन्त्रीजस्तो भएर दिनरात समय त्यसमा लगाउनुपर्छ ।’

प्रधानमन्त्रीले ६ महिनाको समय छ भन्ने सोचेर काम गर्न आग्रह गर्दै उनले भने, ‘हामीसँग समय छैन । अर्को पाँच वर्ष खेर फाल्ने हामीसँग समय सुविधा छैन ।’ सरकारलाई चुनौती दिँदै उनले भने, ‘सरकारलाई हाम्रो मद्धत रहन्छ । तर सरकारले डन्ट टेक अस फर ग्रान्टेड । हामीलाई के नभन्ठानोस् भने भोट हालेको सांसद हो हामीले जे गरे पनि थपडी बजाउँछ भन्ने सरकारले नठानोस्  ।’

उनले न्यूनतम साझा कार्यक्रमलाई सफलतातिर लैजाने हो भने प्रत्येक दिन एउटा काम गरेर देखाउन पनि आग्रह गरेका छन् । उनले भने, ‘प्रत्येक दिन हामीलाई परिणाम चाहिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ