arrow

कोरोनाका ९९ संक्रमित थपिए, परीक्षणको २४ प्रतिशतमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसका ९९ संक्रमित थपिएका छन् । शुक्रबार एकैदिन ९९ संक्रमित थपिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७७ पीसीआर परीक्षणबाट ४१ अर्थात् २३.१७ प्रतिशत संक्रमित पाइएका छन् । 

त्यस्तै १ हजार ४५८ एन्टिजेन परीक्षणबाट ५८ संक्रमित पाइएका छन् । शुक्रबार जम्मा २६ संक्रमितलाई निको भएको छ । 

पीसीआरका सक्रिय संक्रमित बढेर ३७३ पुगेका छन् । 

१७ हजार ६६६ जनाले खोप लगाएका छन् । काठमाडौं उपत्यकामा २२ जना अस्पतालमा भर्ना भएको मन्त्रालयले जनाएको छ । जसमा १७ जना संस्थागत आइसोलेसनमा, ४ जना आईसीयूमा तथा एक जनाको भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ