कोरोनाका ९९ संक्रमित थपिए, परीक्षणको २४ प्रतिशतमा संक्रमण
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
881
Shares
काठमाडौं । नेपालमा कोरोना भाइरसका ९९ संक्रमित थपिएका छन् । शुक्रबार एकैदिन ९९ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७७ पीसीआर परीक्षणबाट ४१ अर्थात् २३.१७ प्रतिशत संक्रमित पाइएका छन् ।
त्यस्तै १ हजार ४५८ एन्टिजेन परीक्षणबाट ५८ संक्रमित पाइएका छन् । शुक्रबार जम्मा २६ संक्रमितलाई निको भएको छ ।
पीसीआरका सक्रिय संक्रमित बढेर ३७३ पुगेका छन् ।
१७ हजार ६६६ जनाले खोप लगाएका छन् । काठमाडौं उपत्यकामा २२ जना अस्पतालमा भर्ना भएको मन्त्रालयले जनाएको छ । जसमा १७ जना संस्थागत आइसोलेसनमा, ४ जना आईसीयूमा तथा एक जनाको भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ ।