arrow

पाँच क्विन्टल कुखुरा नष्ट

logo
रबिन्द्र यादव,
प्रकाशित २०७९ चैत २६ आइतबार
kukhura-nasta.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सशस्त्र प्रहरी बल (बीओपी ) गुठी परसौनीद्वारा १ लाख ६० हजार बराबरको कुखुरा शनिबार नष्ट गरिएको छ ।  सशस्त्र प्रहरी बल गुठी परसौनीले प्रतापपुर गाउँपालिका वडा नं -३ अमहवामा अवैध रूपमा लुकाइ राखेको अवस्था कुखुराहरू बरामद गरेको थियो । 

सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाको नेतृत्वमा गएको गस्ती टोलीले पाँच क्विन्टल कुखुरा बरामद गरेको हो । भारतबाट अवैध रूपमा ल्याएको उक्त कुखुराहरूलाई सस्शत्र प्रहरी, महेशपुर पशु कोवारेन्टटाईन, पत्रकार, स्थानीय लगायतका रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल गण नं २६ बेलासपुरले जनाएको हो । 

खुल्ला सीमा नाकाको फाइदा उठाउँदै कुखुरा तस्करहरूले खुलेआम तस्करी गरिरहेको जन गुनासो बढेपछि सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर गण नं २६ का एसपी धिरेन्द्रराज न्यौपानेले आफ्ना मातहतका सम्पूर्ण बीओपी र कमाण्ड पोष्टलाई तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ