arrow

तीव्र गतिमा आएको ट्रकले बारसमेत भत्काएर लियो ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
accident-final.jpeg

उदयपुर ।  गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका-११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । 

प्रदेश नं१-०५-००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई  गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा  पश्चिमबाट तीव्रगतिमा आइरहेको मे१ख २१८४ नंको ट्रकले ठकर दिएको थियो ।  

 ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठकर दिएको प्रत्यक्षर्शीले बताएका छन् । 

ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका-६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ । 

ट्रक चालक राजवंशीलाई  नियन्त्रणमा लिएको सो कार्यालयका   प्रमुख ज्ञानेन्द्र फुँयालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ