arrow

माओवादीको गढमा पुष्पा-२ को सुटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
allu-arjun-pushpa.jpg

काठमाडौं । माओवादीको आधार इलाकामा पुष्पा-२ को सुटिङ हुने भएको छ ।  तेलुगु सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्पाको सिक्वेल यही मेबाट सुटिङ हुँदै छ । 

ओडिशाको मलकानगिरी जिल्लाको स्वाभिमान आँचललाई माओवादीको आधार इलाका मानिन्छ । ३७२ वर्ग किलोमिटर क्षेत्रमा फैलियो यो क्षेत्र २००८ देखि २०२१ सम्म माओवादीको गढको रूपमा परिचित छ । यहाँ भएको विभिन्न हिंसात्मक घटनामा १ सय १ सर्वसाधारण र ७७ सुरक्षाकर्मीको ज्यान गएको थियो ।

मिथ्री मुभि मेकर्सले २०२१ मा ब्लकबस्टर फिल्म ‘पुष्पा’ निर्माण गरेको थियो। स्वाभिमान आँचलका क्षेत्रहरू हेरेपछि फिल्मको प्रोडक्सन टिम सन्तुष्ट छ । टोलीमा फाइट मास्टर, एसोसिएट निर्देशक र कला निर्देशक समावेश छन्। 

पुष्पा २ को छायाङ्कनका लागि हन्तलागुडा, सप्तधारा र झुलापोला लोकेसन फाइनल भइसकेका छन् ।   फिल्म निर्माताले छायाङ्कनका लागि जिल्ला अधिकारी र एसपीसँग अनुमति मागेका छन् । अधिकारीहरूलाई छायाङ्कनका क्रममा नियमहरू पालना गर्ने आश्वासन दिएका छन्। 

यो क्षेत्र चार दशकसम्म विकासबाट टाढा रहेको छ । स्वाभिमान आँचल भौगोलिक रूपमा आन्ध्र प्रदेशको नजिक छ। माओवादीहरूले यस क्षेत्रलाई सरकारी अधिकारीहरूबाट अभेद्य बनाएर आफ्नो आधार इलाका बनाएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ