arrow

चीन ताइवानमाथि  ‘हवाई नाकाबन्दी’ लगाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
China-Taiwan-1618306033.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चीन र ताइवानबीचको द्धन्द्ध चरम अवस्थामा पुगेको छ । ताइवानको सीमा नजिक युद्ध अभ्यास शुरु गरेको चीनले ताइवानमाथि ‘हवाई नाकाबन्दी’को लगाउने प्रयास स्वरुप नयाँ युद्ध अभ्यास गरेको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमबार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको घेराबन्दीसमेत गरेको छ । सो क्रममा दर्जनौँ लडाकु विमानलाई ताइवानको हवाई क्षेत्रलाई बन्द गर्ने गरी अभ्यास गरेको जनाइएको छ ।

 ताइवानकी राष्ट्रपति साई इंग वेनले अमेरिकाका प्रतिनिधिसभाका सभाका सभामुख केविन मैक्कार्थीलाई भेट गरे पछि आक्रोशित चीनले ‘हवाई नाकाबन्दी’को अभ्यास गरेको हो ।

चीनले जारी गरेको एउटा जानकारीमा भनिएको छ कि ‘गोला बारुदले भरिएको बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यास गरिएको हो ।’ यो युद्ध अभ्यासमा चीनले शेडोंग बिमानबाहक युद्धपोत पनि समावेश गरिएको थियो । 

चीनका इस्टर्न थिएटर कमाण्डका अनुसार गोला बारुदले भरिएका दर्जनौं एच–सिक्स के लडाकु बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यासमा ल्याइएको हो ।

चीनले ताइवानलाई धम्काएको यो पहिलो घटना भने होइन, यस्तो धम्काउने कार्य चीनले बेला बेलामा गर्दै आएको छ । जो अहिले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर फेरि शुरु गरेको हो ।

उता, सो युद्ध अभ्यासलाई लिएर ताइवानको रक्षा मन्त्रालयले हिन्द–प्रशान्त क्षेत्रमा चीनले शान्ति र स्थिरताको गम्भिर उलङघन गरिरहेको जनाएको छ । ताइवानले अन्य देशलाई यो पनि आग्रह गरेको छ कि चीनको यो अन्तर्राष्ट्रिय सिमामा गरेको युद्ध अभ्यासविरुद्ध आफनो धारणा बाहिर ल्याउन जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ