arrow

दुई करोडको स्पष्टीकरण सोध्न आयोगको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाठौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयलाई लिएर रास्वपाले अनुशासन आयोगको बैठक बोलाएको छ ।  आज बिहान ११ बजे रास्वपा अनुशासन आयोगको बैठक बस्न लागेको हो । 

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई तीन दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन रास्वपाले निर्देशन दिएको छ । टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै श्रेष्ठमाथि रास्वपाले छानबिन प्रक्रिया थालिसकेको छ । आइतबार २४ घण्टे स्पष्टीकरण सोधिएको थियो  ।

सांसद श्रेष्ठले आज दिने स्पष्टीकरणका विषयमा छलफल गरी निर्णय लिएर पार्टी केन्द्रीय कमिटीमा सिफारिस बैठक पठाउनेछ। 

 श्रेष्ठलाई पार्टी सभापति रवि लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएका छन् । थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ