arrow

अमिताभ अस्वस्थ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
amitab5.jpg

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन करङमा चोट लागेको खबर बाहिरिएको छ । अमिताभ हाल हैदराबादमा ‘प्रोजेक्ट के’ को सुटिङ गरिरहेका थिए । यस क्रममा उनले एक फाइट सिनको दृश्य खिचिरहेका थिए । त्यसपछि उनी दुर्घटनामा परे र उनको करङमा चोट लागेको थियो। 

त्यसपछि डाक्टरले उनलाई बेड रेस्टको सल्लाह दिए । तर उनले मानेनन् र एउटा विज्ञापन खिचेका थिए । उनको रिकभरी निकै सुस्त हुँदै गएको समाचारमा जनाइएको छ ।

फिल्मको सेटमा चोट लागेपछि अमिताभलाई पूर्ण आराम गर्न सल्लाह दिइएको थियो । अमिताभले एउटा विज्ञापन सुटिङका ​​लागि कमिट गरेका थिए । यही क्रममा उनले सुटिङमा पनि ढिलाइ गरे । । त्यतिन्जेलसम्म उनको निको हुन सकेको थिएन । तर, अमिताभले सुटिङ जारी राखे । 

अमिताभलाई निको हुन निकै ढिलो भएको छ। उनलाई अत्यधिक जोखिम र आवतजावत नगर्न पनि सल्लाह दिइएको छ। यससँगै अमिताभको सेटमा फर्किन अझै केही समय लाग्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ