arrow

हावाहुरीले विद्यालयको छानो उडायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
manakamana-school-photo-(1).JPG.jpeg

म्याग्दी ।   म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँस्थित  जनआदर्श आधारभूत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ । सोमबार आएको हावाहुरीले विद्यालयको छानो उडाएको हो ।

हावाहुरीले बालकक्षा र विद्यालयको कार्यालय सञ्चालन भएको कोठा रहेको अको भवनमा समेत आंशिक क्षति पुगेको प्रधानध्यापक फमाया पुनले जानकारी दिए । विद्यालय परिसरमा रहेको ओखरको हाँगा भाँच्चिएर विद्यालयमा खसेपछि क्षति पुगेको हो ।

वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको छ । नयाँ शैक्षिकसत्र सुरु हुने समयमा विद्यालय भवनको छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रअ पुनको भनाइ छ । 

विद्यालयले आगामी वैशाख ३ गतेदेखि भर्ना अभियान र १० गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने कार्यतालिका बनाएको भए पनि भवन मर्मतर नभएसम्म पठनपाठन सञ्चालन गर्न कठिन हुने प्रअ पुनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ