arrow

मुम्बईले खोल्यो खाता, दिल्ली अझै दूर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
rohiit-sharma-tilak-verma.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले यो सिजनमा पहिलो जित हासिल गरेको छ । 

अरुण जेट्ली स्टेडियममा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै अंकको खाता खोलेको हो । दिल्लीले दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईका लागि कप्तान तथा ओपनर रोहित शर्माले कप्तानी इनिङ्स खेल्ने क्रममा ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रन बनाए । त्यस्तै तिलक बर्माले २९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४१ रन बनाए । 

इशान किशनले २६ बलमा ३१ रन बनाए । दिल्लीका लागि मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १९.४ ओभरमा अलआउट भएर १७२ रन मात्र बनायो । दिल्लीका लागि ओपनर तथा कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौका सहयोगमा ५१ रन बनाए । अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५४ रन बनाए । 

मुम्बईका लागि पियुष चावला र जेशन बेरेनडर्फले समान ३–३ विकेट लिए । रिलि मिरिडेथ २ तथा ऋतिक शोकिनले १ विकेट लिए । 

अंक तालिका
यो जितसँगै अंकको खाता खोलेको मुम्बई ३ खेलबाट २ अंकसहित आठौं स्थानमा रहेको छ । २ अंककै सनराइजर्स हैदराबाद नवौं तथा ४ खेलबाट अंकको खाता खोल्न नसकेको दिल्ली पुछारमा छ । 

६ अंकको लखनउ सुपर जाइन्टस शीर्ष स्थानमा छ । 

४ अंकका राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, गुजरात टाइटान्स, चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स क्रमशः दोस्रोदेखि छैटौं स्थानमा रहेका छन् । 

रोयल च्यालेन्जर्स बैंगलोर ३ खेलबाट २ अंकसहित सातौं स्थानमा छ । 

आजको खेल
आज एउटामात्र खेल हुनेछ । चेन्नईमा घरेलु टोली चेन्नई सुपर किंग्सले राजस्थान रोयल्ससँग खेल्नेछ । 

खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ