arrow

कारबाही भए कोर टिमको रहस्य खोलिदिने ढाकाको नेतृत्वलाई धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
dhakakumar-shrestha-rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र  कारबाही गरे रवि लामिछानेको ‘कोर टिम’को रहस्य खोलिदिने बताएका छन् । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि विवादमा आएका श्रेष्ठले पार्टीले गठन गरेको छानबिन समितिलाई बयान दिने क्रममा यस्तो बताएको स्रोतले जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भनाइलाई आधार मान्ने हो भने रविको कोर टिममा दीपक बोहोरा, निकिता पौडेल र डोरप्रसाद अर्याल रहेका छन् । प्रसाईँको रवि लामिछानेको तर्फबाट सबै प्रकारको ‘आर्थिक डिल’ उनीहरुले गर्दै आएका छन् । 

पार्टीले गठन गरेको समितिले मंगलबार सांसद श्रेष्ठसँग करिब दुई घण्टा छलफल गरेको थियो । बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले पनि अप्ठेरो पार्ने हो भने कोर टिमसहित अन्य विषयहरु पनि खुलाइदिने धम्की दिएका छन् । 

सो कुरा छानबिन समितिमा रहेका व्यक्तिहरुले रवि लामिछानेलाई सुनाइसकेका छन् । आफूलाई पार्टीकै मान्छेहरु मिलेर फसाउन खोजिएको आरोपसमेत लगाएका छन् । 

समितिका पदाधिकारीहरूले अडियोमा भनिएजस्तो ‘कोर टिम’ के हो ? त्यसमा को–को छन् र त्यसले कसरी काम गर्छ लगायतका प्रश्न गरेको तर श्रेष्ठबाट सार्वजनिक गर्ने तर छानबिन समितिलाई नबताउने बताएको स्रोतले जनाएको छ । 

समितिले मंगलबार नै रविलाई ई–मेलमार्फत प्रतिवेदन बुझाइएको छ । श्रेष्ठले त होइन मेरो आवाज होइन, यो सबै क्यारिकेचर हो, यसमा विस्तृत अनुसन्धान होस् अनि कारबाही सजाय गरिपाउँ भनेका थिए । तर आयोगले उनलाई कारबाहीको सिफारिस गरेको छ । 

रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा छन् । सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी छन । उनीहरुले श्रेष्ठलाई बयान लिएका थिए ।

गत माघ १ मा प्रसाईंसँगको फोन संवादमा श्रेष्ठले पार्टीभित्र पैसा माग्ने कोर टिम रहेको बताएका थिए । २ करोड दिए कोर टिमले आफूलाई मन्त्री बनाउने तत्काल १ करोड दिइहाल्नुपर्ने भन्दै उनले प्रसाईंसँग भविष्यमा काम गरिदिने भन्दै पैसा मागेका थिए । 

कोर टिमबारे उनले फोन संवादमा भनेका थिए, ‘मुकुलजी (महामन्त्री ढकाल) लाई त्यति थाहा नभएको बताएका थिए ।

आज गर्दै टुंगो 
रास्वपाले आज श्रेष्ठका बारेमा टुंगो लगाउँदै छ । सभापति रवि लामिछानेले हिजै आज टुंगो लगाउने बताएका थिए । उनी चितवन २ बाट उपनिर्वाचनका उम्मेदवार हुन् । चुनावको मुखमा आएर आफू बदनाम हुने देखिएपछि उनले कुनै पनि हदसम्म जान सक्ने बताइसकेका छन् । 

उनले कुहिएको आलु बोराबाट हटाउन आफूलाई पनि आउने प्रतिक्रिया दिइसकेका छन् । उनले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहार्नेसमेत बताइसकेका छन् । 

अब उनले श्रेष्ठलाई पार्टीबाट हटाउँछन् कि बदनाम सहेर बस्छन् भन्ने पाटो महत्वपूर्ण हो । 

त्यस्तै ढाकालाई कारबाही गर्न हुन्न भन्ने पक्षमा पार्टीभित्रै मतभेद रहेको छ । रवि कारबाही गर्ने पक्षमा रहेका छन् भने उपसभापति डोलप्रसाद कारबाही गर्नुहुन्न भन्ने पक्षमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ