arrow

केटाकेटीले समेत दिन थाले सलमानलाई धम्की

रकी भाइ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
salman-khan1.jpg

काठमाडौं । बलिउडका सलमान खानलाई गिरोहदेखि सामान्य व्यक्ति सम्मले धम्की दिइरहेका छन् । लरेन्स बिश्नोई र गोल्डी ब्रारबाट धम्की पाए पछि सलमान आफ्नो सुरक्षा व्यवस्था गर्न तर्फ लागेका छन् ।  

यसैबीच सोमबार राति ९ बजे एक जनाले फोन गरेर  ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका थिए । तर ती व्यक्ति नाबालिग भएको खुलेको छ । 

सोमबार सलमानको आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरिएको थियो । ट्रेलर रिलिज भएको रात मुम्बई प्रहरीको कन्ट्रोल रुममा सलमानलाई लिएर धम्कीको कल आएको थियो ।

फोन गर्ने व्यक्तिले फोनमा आफूलाई जोधपुरका गाई रक्षक रकी भाइ भनेर चिनाएका थिए । ती व्यक्तिले पुलिसलाई फोन गरेर  उनले ३० अप्रिलमा सलमानलाई समाप्त गर्नेछन् ।

यस विषयमा सक्रिय रहेको प्रहरीले फोन गर्ने व्यक्तिलाई नियन्त्रणमा लियो । प्रहरी अधिकारीले धम्की दिने फोन गर्ने व्यक्ति नाबालिग रहेको बताएका छन् । उनले किन यस्तो गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ