arrow

पर्लान् त दुई करोड माग्ने श्रेष्ठ कारबाहीमा ?

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौं । मन्त्री बन्न दुई करोड मागेको भनिएका डा ढाकाकुमार श्रेष्ठको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिने भएको छ । आज रास्वपा केन्द्रीय समितिको बैठक बस्दै छ । 

मंगलबार केन्द्रीय अनुशासन समितिले सांसद श्रेष्ठले गरेको भनिएको बार्गेनिङ प्रकरणमा प्रतिवेदन पेश गरेसँगै आजको बैठकले आवश्यक निर्णय लिन लागेको हो । डा. श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । 

श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरे पार्टीका सभापति रवि लामिछानेको ‘कोर टिम’को रहस्य खोलिदिने समितिमा बताएका छन् ।  उनले आफ्नो स्पष्टीकरणमा पनि सोही ब्यहोरा उल्लेख गरेका छन् । 

अडियोमा उल्लेख भएका व्यक्तिहरू आफू वरपरका भए पनि उनीहरूलाई कारबाही गरिने पार्टीका सभापति लामिछानेले प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि उनी कारबाही गरेरै छाड्ने मनस्थितिमा रहे पनि उपाध्यक्ष डोलप्रसाद अर्याल लगायतको टिम भने कारबाही गर्न नहुने पक्षमा रहेको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ