arrow

गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ : प्रकाशमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
prakashman66.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताएका छन् । तनहुँ क्षेत्र नं १ पुगेका नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन हर सम्भव प्रयास रहने बताए । 

“गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ”, उनले भने । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

आगामी वैशाख १० गते तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नौ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

 सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताए । “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ”, नेता सिंहले भने । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ