arrow

मतदानमा उद्योग वाणिज्य महासंघ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
mahasang-matadan.jpg

काठमाडौं। नयाँ कार्यसमिति चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान जारी छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा केही समयअघि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन्। अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान भएको हो। अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्रतिस्पर्धामा छन्। पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्ष द्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ  प्रतिस्पर्धामा रहेका हुन्।

हालका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दै छन्। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष महासंघको अध्यक्ष बन्ने प्रावधान रहेको छ। ढकाल ३० चैतदेखि स्वतः अध्यक्ष बन्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ