arrow

उद्योग वाणिज्य महासंघको मतगणना ८ बजेदेखि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
fncci-election-2079 (14).jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि भएको मतदान समय सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे भएको मतदान साँझ ६ बजे सकिएको हो ।

मतदानमा जिल्ला, नगर र वस्तुगततर्फ शतप्रतिशत मत खसेको थियो । तीन उपाध्यक्षका उमेदवारसँग छलफल गरी राति ८ बजेदेखि मतगणना गरिने भएको छ । शुरुआतमा वस्तुगततर्फका सदस्यबाट मत गन्न शुरु गरिने भएको छ ।

महासंघमा कूल एक हजार ९८८ मतदाता छन् । जसमा वस्तुगततर्फ १२३ मतदाता छन् । उद्योग वाणिज्यतर्फ ११७ र एसोसिएटतर्फ एक हजार ७४८ मतदाता छन् ।

निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, वस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ