arrow

एफएनसीसीआई निर्वाचनः वस्तुगत उपाध्यक्षमा ढकाल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
hemraj-dhakal-fncci-vp.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगत उपाध्यक्ष पदमा हेमराज ढकाल विजयी भएका छन् । ढकाल उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवार बनेका थिए । 

ढकालले ६१ मत ल्याए । पराजित भएका अञ्जन श्रेष्ठको प्यानलका मनिषलाल प्रधानले ५२ मत ल्याए । त्यस्तै तेस्रो भएका रामचन्द्र संंघाई प्यानलका सुकुन्तलाल हिराचनले मात्र सात मत ल्याए ।

यता, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी भएका हुन् । पराजित भएका अरुणराज सुमार्गीले ३७ तथा दिनेश श्रेष्ठले ३४ मत ल्याए । दिनेश श्रेष्ठ अहिलेको जिल्ला नगर उपाध्यक्ष हुन् । 

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको लागि त्रिपक्षीय प्रतिस्पर्धा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ