arrow

सरकारलाई बालेनको चुनौतीः भन्छन् – काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरबार र राजधानी सार्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
balen-walendra-sah-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) ले काठमाडौंवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासननिक केन्द्र सिंहदरबार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिएका छन् । 

आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरले सिंहदरबार सहितका स्थानको फोहर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर मेयर साहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो । 

यसपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरवार अरु पालिकामा सार्न भनेका हुन् । 
काठमाडौंवासीलाई राजनीतिक नचाहिएको भन्दै उनले काठमाडौंवासीलाई आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने बताए । 

काठमाडौंको हिमा काम गर्न र नगर्ने भए सिंहदरबार नै सार्न भन्दै साहले फेसबुकमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ