arrow

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षको दोस्रो चरणको मतदान दुई घण्टा ढिला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
fncci-anjan-shrestha-umeshlal-shrestha.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुँदैछ । पहिलो चरणमा तीन जनाबीच प्रतिस्पर्धा भएकामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा पुनः मतदान हुँदैछ ।  

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष उम्मेदवारले ५० प्रतिशत मतभार कटाउनुपर्ने हुन्छ। कसैको पनि उक्त मत नपुगेपछि पुनः मतदान हुन गएको हो ।

दिउँसो २ बजेदेखि नेपाल प्रज्ञा प्रतिस्ठानमा हुने भनिएको मतदान दुई घण्टा ढिला गरी शुरु हुने भएको छ । त्यसअघि सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । 

प्राप्त मतभारका आधारमा वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । रामचन्द्र संघई भने पहिलो चरणबाट बाहिरिएका छन् । 

महासंघको निर्वाचन समितिका अनुसार अञ्जनले ३८ प्रतिशत पाएका थिए । दोस्रो स्थानमा रहेका उमेशलालले ३१.५१ र रामचन्द्र संघइले ३०.४८ प्रतिशत मतभार पाएका थिए । 

उमेश १.०३ प्रतिशत मतभारले रामचन्द्रलाई उछिन्दै दोस्रो चरणमा पुगेका हुन् । 

अब रामचन्द्रले जसलाई मत दिन्छन् उनैले वरिष्ठ उपाध्यक्ष सुरक्षित गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ