arrow

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
anjan-shrestha-hundai-fncci.jpg
तस्बिर – फाइल ।

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । दोस्रो चरणमा गएको वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धा सहमतिबाट टुङ्गिएको हो । दोस्रो चरणमा पुगेका अन्जन र उमेशलाल श्रेष्ठबीच सहमति भएसँगै अञ्जन वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् । 

पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्षलगायत सहितको बैठकले अन्जनको पक्षमा सहमति बनाएको हो। मिलेसम्म तीन वर्षे कार्यकाल आधा–आधा खाने र नमिलेमा उमेशलाललाई विशिष्ट सदस्यमा ल्याउने गरी सहमति भएको हो । 

विधानले आधा कार्यकाल खाने व्यवस्था नगरेकाले उमेश विशिष्ट सदस्य हुनेछन् । याे शक्तिशाली पद हो । पूर्व अध्यक्ष भवानी राणा यो पदमा आउने भए पनि उनीसमेत उमेशलाई यो पद दिन राजी भएसँगै सहमति जुटेको हो । 

पहिलो चरणबाट रामचन्द्र संघई बाहिरिएपछि दोस्रो चरणको निर्वाचन दिउँसो २ बजे तोकिएको थियो। यहीबीचमा दुवै पक्षबीच छलफल भएको थियो । छलफल सहमतिमा नटुंगिए अपरान्ह ४ बजे मतदान गर्ने समय पनि तोकिएको थियो । 

पहिलो चरणको निर्वाचनमा उमेशभन्दा अन्जन बलियो देखिएका थिए। त्यसमाथि राजनीतिक रुपमा अन्जन दोस्रो चरणमा थप शक्तिशाली बनेका थिए । 

पहिलो चरणमा अञ्जन पहिलो, उमेशलाल दोस्रो र रामचन्द्र तेस्रो भएपछि रामचन्द्र बाहिरिएका थिए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षले ५० प्रतिशत बढी मत ल्याउनु पर्ने हुन्छ । 

 अञ्जनले पहिलो चरणमा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका थिए भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गरेका थिए । साथै संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका थिए । 

योसँगै महासंघको निर्वाचन सकिएको छ । अबको तीन वर्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा एफएनसीसीआई चल्नेछ । ढकाल निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । 

विधानअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्षले अर्को कार्यकाल स्वतः अध्यक्ष हुन पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ