arrow

नयाँ वर्ष, नयाँ योजना

यस्तो हुनेछ २०८० सालको वर्ष व्यवस्था 

राजा बुध र मन्त्री शुक्रमा आपसी मित्रताको सम्बन्ध, शासकीय कार्यमा सकारात्मकताको स्थिति

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope1.jpg

काठमाडौं । श्री संवत् २०८० साल पिङ्गलनामक संवत्सर र दशाधिकारी ग्रहहरूमा राजापदमा बुध, मन्त्रीपदमा शुक्र सस्येशपदमा चन्द्र, रमेशपदमा बुध, नीरसेशपदमा चन्द्र मेघेशपदमा गुरु धान्येशपदमा शनि फलेशपदमा गुरु धनेशपदमा सूर्य दुर्गेशपदमा गुरु रही ग्रहपरिषद् गठित भएर वर्षारम्भ भएको छ । 

आ–आफ्नो कार्यभार सुसम्पन्न गर्न सबै ग्रह कटिवद्ध एवं प्रयत्नशील रहने छन् । ग्रह परिषद्मा ८० प्रतिशत शुभग्रह र २० प्रतिशत अशुभग्रहको सहभागीता रहेको छ । 

पिङ्गलनामक संवत्सर र शुभाशुभ ग्रहको विवेचना गर्दा यस वर्षको जागतिक परिस्थिति नाम उत्साहजनक नै देखिन्छ । 

राजा बुध र मन्त्री शुक्रमा आपसी मित्रताको सम्बन्धले गर्दा शासकीय कार्यमा सकारात्मकताको स्थिति रहने छ । यसले केही सुधारात्मक मार्गमा रहेको अनुभूति होला । 

वर्षको आरम्भ कन्या लग्नमा भएको छ । समग्रमा जगल्लग्न लग्नेश र अन्य दशाधिकारी ग्रहहरूको माध्यमबाट यस वर्षमा निम्नानुसार शुभाशुभ फल प्राप्त हुनेछ ।

लग्नेश बुध अष्टम स्थानमा रहेको छ । क्रुर ग्रहले ग्रस्त हुनाले त्यति सफल नभए तापनि देशको सकल घरेलु उत्पादनमा केही वृद्धिकर अवश्य रहनेछ । 

बुध रसेश पनि हो । अतः रसवस्तुमा केही कमी हुनेछ । दशमस्थ मङ्गल राज्यकार्यमा सफल सिद्ध हुनेछ । नवीन रोजगारको उपलब्धता बढ्नाले सामान्यजनमा केही सुविधा हुने र उत्साहको वातावरण बढ्दै जानेछ । 

नवमेश शुक्र नवमभावमा स्वगृही तथा पञ्चमस्थानमा चन्द्रमा रहेको हुनाले शिक्षा र धार्मिकक्षेत्रमा राम्रै हुने विश्वास गर्न सकिन्छ । धार्मिक क्षेत्रमा जागरुकता बढ्ने देखिन्छ । 

पष्ठेश स्वगृही शनि रहेको हुनाले रोग र शत्रु निवारणकारक सिद्ध होला । शनि धान्येश पनि हुनाले कृषिक्षेत्रमा राम्रै हुनेछ । बर्खे बाली राम्रो होला । 

मेघेश पदको गुरु समूचित वर्षाकारक रहनेछ । दूध र दुग्धजन्य पदार्थ, वनस्पति, रसवस्तु, फलफूल, सागसब्जी आदिमा सामान्यतः समता नै रहनेछ ।

यसैगरी सुवर्ण, मुद्रा, इन्धन, रजत, लौह आदिको मूल्यमा केही सकारात्मक परिवर्तन हुनेछ । यस वर्ष कृषि उपज तथा वैदेशिक विप्रेषणमा केही वृद्धि हुनाले समग्र अर्थतन्त्रमा सुधार देखिनेछ । 

कृषक तथा श्रमिक वर्गलाई सामान्य तथा व्यापारी, कर्मचारी, शिल्पकार आदि वर्ग प्रायः सन्तोषी रहने देखिन्छ । 

वर्षको पूवार्ध भन्दा उत्तरार्ध बढी राम्रो रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ