arrow

ताइवान द्वन्द्वमा समर्थन गर्न चीनको जर्मनीसँग आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
taiwan-us-warship.jpg

चीन । जर्मनीले ताइवानसँगको 'शान्तिपूर्ण पुनर्मिलन'लाई समर्थन गर्ने चीनको 'आशा र विश्वास' रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयले शनिबार सार्वजनिक गरेको वक्तव्यमा चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीले भने, जर्मनीले ताइवानसँगको 'शान्तिपूर्ण पुनर्मिलन'लाई समर्थन गर्ने चीनको'आशा र विश्वास' रहेको छ ।' 

चीनमा जर्मन विदेशमन्त्री एनालेना बेयरबोकसँगको भेटमा वाङले चीनले कुनै बेला जर्मनीको पुनर्मिलनलाई समर्थन गरेको चर्चा गर्दै जर्मनीको आफूलाई पनि साथ रहने बताएका हुन् । 

'ताइवानी जल क्षेत्रमा स्थिरता कायम राख्न 'ताइवान को स्वतन्त्रता' सँग सम्बन्धित पृथकतावादी गतिविधिको दृढतापूर्वक विरोध गर्न आवश्यक छ,' वाङले भने । वाङले ताइवानको 'चीनमा फिर्ती' दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको अभिन्न अङ्ग भएको बताएका छन् । 

बेयरबोकले ताइवानमाथि नियन्त्रण कायम गर्ने चीनको कुनै पनि प्रयासले युरोपलाई गम्भीर असर पार्ने यसअघि नै बताइसकेका थिए । 

'ताइवान स्ट्रेटमा सैन्य गतिविधिको वृद्धिले विश्वव्यापारको ५० प्रतिशत हिस्सा रहेको यस क्षेत्रको घटनाक्रम सम्पूर्ण विश्वका लागि डरलाग्दो परिदृश्य हुनेछ,' बेयरबोकले भने । 

फक्स न्यूजका अनुसार बेयरबोकले कुनै पनि सम्भावित सैन्य वृद्धिले युरोपमा स्वार्थका लागि 'असामान्य असर' पार्ने बताएका छन् । 

राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार चीनको भ्रमणपछि युरोपलाई ताइवानमा 'अमेरिकी लय' नपछ्याउन आग्रह गरेका थिए । 

'हामी 'ब्लक भर्सेस ब्लक' अवस्थामा फस्न चाहँदैनौं,' लेस इकोसँगको अन्तर्वार्तामा म्याक्रोनले भने । 'युरोपलाई विश्वको अव्यवस्था र सङ्कटको चपेटामा पार्नु हुँदैन जुन हाम्रो होइन । 

यसैबीच ताइवानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जर्मन विदेशमन्त्रीको भनाइलाई उच्च प्रसंशा गरेको फक्स न्यूजले जनाएको छ । 

'विदेश मन्त्रालयले ताइवानप्रति ऐक्यवद्धता जनाएकोमा जर्मनीलगायत विभिन्न देशका कार्यकारी विभागका उच्च पदस्थ अधिकारीलाई धन्यवाद दिएको छ,' विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ