arrow

रवि लामिछानेका चालक गम्भीर अवस्थामा फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
ravi-lamichhane-2079-12-18.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक गम्भीर अवस्थामा फेला परेका छन् । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का दिलबहादुर थापा गम्भीर अवस्थामा भेटिएका हुन् । 

थापा भाडामा लिएको घरको छतबाट तल भुईँमा खसेको अवस्थामा भेटिएका हुन् । भरतपुर-११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका थापा छतबाट खसेको अवस्थामा भेटिएका हुन् । 

गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।  उनको टाउको र खुट्टामा चोट लागेको छ। 

उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेको बताइएको छ । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ