arrow

अमिताभकी नायिकाको हेलिकप्टर दुर्घटनामा निधन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
saundariya.JPG

काठमाडौँ ।   दक्षिण भारतीय नायिका सौन्दर्याको निधन भएको आज १९ वर्ष पूरा भएको छ ।  सौन्दर्याको निधन सन् २००४ अप्रिल १७ मा ३१ वर्षको उमेरमा भएको थियो ।  

उनी तेलुगु सिनेमाको सबैभन्दा सफल अभिनेत्री थिइन् । उनी महानति सावित्री पछि सबैभन्दा लोकप्रिय र उत्कृष्ट अभिनेत्रीको रूपमा थिइन्।

सौन्दर्याले तमिल, तेलुगु, हिन्दी, कन्नड र मलयालम भाषामा धेरै फिल्म गरिन् । उनले अमिताभ बच्चनको सूर्यवंशममा राधा ठाकुरको भूमिकाको लागि पनि प्रशंसा जितिन्।

सौन्दर्याले सन् २००३ मा उनले इन्जिनियरसँग विवाह गरिन् । गर्भवती भएका कारण सौन्दर्या चलचित्र क्षेत्र छाड्न चाहन्थिन्, तर त्यसअघि नै विमान दुर्घटनामा उनको मृत्यु भयो ।

अमिताभ बच्चन र सौन्दर्याको मुख्य भूमिका रहेको फिल्म सूर्यवंशम जति बेला हलमा प्रदर्शनमा आएको थियो, त्यति बेला दर्शकलार्ई यो फिल्म खासै मन परेको थिएन । तर, यो टिभीमा सबैभन्दा बढी देखाइने फिल्म हो ।

यो फिल्मबाट सौन्दर्याले बलिउडमा प्रवेश गरेकी थिइन् । सौन्दर्या भारतीय जनता पार्टीका उम्मेदवारका लागि निर्वाचन प्रचारका लागि करीमनगर गइरहेकी थिइन्, त्यति बेला बेग्लोरको जक्कुर एयरफिल्डबाट उडान गरिरहेकी उनको हेलिकप्टर १ सय फिटसम्म पुगेको थियो । 

त्यसपछि विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा परी सौन्दर्या, उनका भाइ र अन्य दुई जनाको ज्यान गएको थियो । त्यति बेला उनी सात महीनाकी गर्भवती थिइन् ।

सौन्दर्याले सन् १९९५ को फिल्म अमोरुका लागि सर्वश्रेष्ठ अभिनेत्री तेलुगुको लागि पहिलो फिल्मफेयर पुरस्कार प्राप्त गरिन्। यसपछि उनले अन्य ९ उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि प्राप्त गरिन् । मृत्युपछि पनि सौन्दर्याले फिल्म ‘अपथामित्रा’बाट अवार्ड पाएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ